मिक्लाजुङमा माओवादीले बनायो संयन्त्र, कांग्रेसले घमण्ड गरे विकल्प खोज्ने निर्णय

विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको मिक्लाजुङ गाउँपालिकामा अन्य दलसँग चुनावी गठबन्धनका लागि छलफल गर्न संयन्त्र निर्माण गरेको छ ।

माओवादी केन्द्र मिक्लाजुङ गाउँपालिकाको आज बसेको सचिवालय तथा वडाका अध्यक्ष तथा सचिवहरुसहितको बैठकले यस्तो निर्णय गरेको हो । उक्त निर्णय अनुसार संयन्त्रको संयोजकमा प्रेम मिभक लिम्बू रहेका छन् भने सदस्यहरूमा यामबहादुर गजमेर, दिनेश पौडेल, उमेश राई, बिष्णुकुमारी श्रेष्ठ, प्रदीप पौडेल रहेका छन् ।

संयन्त्रले उम्मेद्वारको सिफारिस तथा गठबन्धन दलहरुसँग छलफल गर्ने जिम्मा पाएको छ । सोही जिम्मेवारी अनुसार आगामि २७ गतेभित्रमा उम्मेद्वारको टुंगो लगाउने माओवादीका मिक्लाजुङ इन्चार्ज दिनेश पौडेलले जानकारी दिए । उनका अनुसार मिक्लाजुङमा आफूहरुको नेतृत्वमा गठबन्धन गर्न कांग्रेसले नमाने अन्य दलहरुसँग गठबन्धन गर्ने विकल्प खोज्ने निर्णय समेत गरेको छ ।

चैत्र २३, २०७८, साँझको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर