लोभीपापीहरूका कारण राजनीति दुर्गन्धित भयो : राजेन्द्र लिङ्देन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका दलहरूले राजनीतिलाई पेशा व्यवसाय बनाएकै कारणले अहिलेको पुस्ताले दुखा पाएको बताएका छन । बुधवार विराटनगरमा राप्रपा मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राजनीति गर्नेहरूले ७ पुस्ता सपार्ने व्यापार ठानेका कारण देशको अवस्था बिग्रिए बताएका छन ।

‘राजनीति गर्नेहरूले ओढ्ने, ओछ्याउने बनाए, शौचालय बनाए, भान्सा पनि बनाए, ७ पुस्ता सपार्ने व्यवसाय पनि बनाए,’ उनले भने, ‘त्यसको असर अहिले हामीले भोगिरहनुपरेको छ । लोभीपापीहरूका कारण राजनीति मात्रै दुर्गन्धित भएको छैन, देशमै दुर्गन्ध फैलिएको छ ।’

स्वीजरल्यान्डमा राजारानीको नाममा राखेको पैसा फिर्ता ल्याउँदा पनि प्रत्येक नागरिकलाई ४–५ विगाहा जमिन दिन सकिन्छ भनेर भाषण गर्ने नेताहरू सरकारमा हुँदा देशनै संकटमा परेको बताए राजारानीका नाममा कुन बैंकमा कति पैसा राखिएको रहेछ भनेर खोजी गर्न समेत लिङ्देनले माग गरे । राजाले जनताको नासो जनतामा फर्काएको १५ वर्ष पुग्दा किन पैसाको खोजी नगरेको भन्दै उनले प्रश्न गरे । राजारानीका नाममा कुन बैंकमा कति पैसा राखिएको रहेछ भनेर खोजी गर्न समेत लिङ्देनले माग गरेका छन ।

अध्यक्ष लिङ्देनले एमाले, कांग्रेस, माओवादी लगायत ठूला दलका इमान्दार कार्यकर्तालाई राति एैठन हुने गरेको समेत उनले बताए । नेताहरूको हर्कत देख्दा इमान्दार कार्यकर्तालाई निद्रा नलाग्ने गरेको उनले बताए ।

‘उहाँहरूलाई सुते पनि कस्तो पार्टीमा लागेछु भनेर निद्रा नलागी एैठन मात्रै हुन्छ,’ उनले भने, ‘यसको परिणाम राजनीतिप्रति वितृष्णा बढ्दै जान थालेको छ ।’ राजनिति गर्नेहरुले सोच्ने बेला आएको समेत उनले बताए ।

उनले कमल थापा प्रति लक्ष्ति गर्दै लोभीपापीले पाटी फुटाएको आरोप समते लगाएका छन ।

चैत्र २३, २०७८, साँझको ०६:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर