गठबन्धनले संयन्त्र बनाएको सही छ : शेखर कोइराला

विराटनगर । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले केन्द्रबाट तालमेल गर्न खोजे गठबन्धनलाई नै घाटा हुने बताएका छन् ।
आज विराटनगर विमान स्थलमा सञ्चार कर्मीहरूसँग कुराकानी गर्दै  नेता कोइरालाले पार्टीले गरेको निर्णय अनुसार आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेल हुने बताएका छन् ।
 केन्द्रबाट तालमेल लाद्न नहुने उनको भनाई रहेको छ ।  केन्द्रमा धेरैले गठबन्धन गर्ने भने पनि आफूहरूले बिचको बाटो लिने निर्णय गरेको उनको भनाइ छ।
फरक प्रसङ्गमा पार्टीले नै तालमेल गरेर जान सक्ने निर्णय गरेको कारण गठबन्धनले संयन्त्र बनाउने निर्णय सही भएको उनको भनाइ छ । उनले भने, ‘संयन्त्र बनाउने कुरा सामान्य हो ।’
सत्तारुढ गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संयोजक पौडेलसहित १० सदस्यीय समिति गठन गरेको थियो ।
नेता कोइरालाले सभापतिले भागबन्डाको राजनीति गर्न नहुने र न्यायोचित ढङ्गले पार्टी चलाउन समेत माग गरे ।
चैत्र २३, २०७८, दिउँसोको ०२:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर