विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रुद्रसिङ लिङ्देन फेरि वडा अध्यक्ष हुनका लागि हङकङबाट आफनै पालिकामा आएका छन । तीन महिनाको बिरामी बिदा जनाएर हङकङ गएका लिङ्देन स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पालिकामा आएर जनता सँगको भेटघाटलाई तिब्र बनाउन थालेका छन । २०७७ कात्तिकमा उनी तीन महिनाको बिदा लिएर हिँडेका थिए ।
वडा सदस्य चन्द्र प्रसाद धमलालाई कार्यवाहक जिम्मा लगाएर गएका थिए । १८ महिना सकिन लाग्दा जिम्मेवारी समाल्न कार्यालयमा आएको कार्यवाहक वडा अध्यक्ष धमलाले बताए । लिङ्देनले आजदेखी आफ्नो जिम्मेवारी समालेका छन ।
यता वडा अध्यक्ष लिङ्देनले भने बिरामी भएको र उपचारका लागि हङकङ गएको बताएका छन् ।
तीन महिनाका लागि बिदा मागेर गए पनि कोभिडका कारण आउन ढिलाइ भएको उनले दाबी गरे । जनताले वडा अध्यक्षमा तपाई पुन उठ्नुपर्छ भने पछि नहट्ने समेत बताए । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
उनी हङकङ गएको बेलाको सेवा सुविधा भने रोकिएको थियो । गाउँपालिकाका लेखा अधिकृत डिक बहादुर सोडारीका अनुसार वडा अध्यक्षको सेवा सुविधा कार्यवाहक वडा अध्यक्ष धमलालाई दिने गरिएको थियो ।
उनी उपचार गर्न भने पनि वैदेशिक रोजगारीमा गएको एक आफन्तले बताए । टिकट लिनका लागि पाटीका नेताहरुसँगको भेटघाटलाई समेत उनले तिब्र बनाएका छन ।