डेढ वर्षीय बालिका बलात्कारपछि हत्या प्रकरण  : आरोपी दाजुभाई पुर्पक्षको लागि जेल चलान

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरस्थित डेढ वर्षीय बालिकालाई बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दाजुभाई जेल चलान भएका छन् ।

मोरङ अदालतका न्यायाधीश सिसिरराज ढकाललको इजलाशले पक्राउ परेका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मंगलबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन् । अदालतको आदेशपछि दुवै जना मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए । करागार चलान भएका मिथुन दाजु र अजय भाइ हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले आजीवन कैद सजायको माग दाबी राख्दै सोमबार पक्राउ परेका आरोपिविरुद्ध मोरङ अदालतमा कर्तव्य ज्यान र जवरजस्ती करणी मुद्दामा अभियोग दर्ता गरेको थियो ।

प्रतिवादीहरूको बयान सकिएपछि मंगलबार थुनछेक बहस भएको थियो । थुनछेक बहसमा वादी र प्रतिवादीका कानुन व्यवसायीले पैरवी गरेपछि अदालतले आदेश दिएको हो । फागुन २७ गते अजय र मिथुन चौधरी पालैपिलो बलात्कार गरेपछि हत्या भएको प्रहरीले जनाएको छ ।

घरमा खेल्दै गरेकी बालिकालाई बोकेर घरदेखि १ सय ५० मिटर पश्चिम घारीमा लगेर पालैपिलो बलात्कार गरेका थिए । बालिकाको आमामा घरमा काममा ब्यस्त भएको बेलामा अजयले गएर बालिकालाई १० रुपैयाँ र चोकोफोन दिएर घटनास्थल बनमारा झाँडीमा ल्याएर सुरुमा अजयले जबरजस्ती करणी गरेका थिए । त्यसपछि दाजु मिथुनले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । करणी गर्दा बालिकालाई असैय पीडा भएर रुन थालेपछि वारदत स्थलमा भेटिएको दुई वटा ढुङ्गा र बियरले बालिकाको टाउँकोमा प्रहार पनि गरेका थिए । अचेत भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको थियो ।

चैत्र २२, २०७८, साँझको ०७:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर