ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

मोरङ । मोरङको केराबारी गाँउपालिका ८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आज बिहान पौने ९ बजे को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङ्गा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालिँदा ट्याक्टर चालक केराबारी–१० का १९ वर्षीय पिलिज बि.क.लाई स्ट्रिङले च्यापेको थियो । घाइने भएका उनलाई स्थानीय सुकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चैत्र २२, २०७८, दिउँसोको ०४:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर