चुनावको तयारी तथा अनुगमनका लागि पौडेलको नेतृत्वमा समिति बनाउने सत्तागठबन्धनको निर्णय

काठमाडौं । सत्तारूढ गठबन्धनले आसन्न स्थानीयतहको चुनावको तयारी तथा अनुगमनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति बनाउने भएको छ ।

बालुवाटारमा भर्खरै सकिएको गठबन्धन आबद्ध दलहरुको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । समितिमा पाँचवटै दलका नेताहरूको प्रतिनिधित्व रहने जनाइएको छ ।

दलहरूले पालिकास्तरबाटै तालमेलको प्रक्रिया सुरु भइसकेको बताएका छन ।

चैत्र २२, २०७८, बिहानको ११:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर