सत्तारूढ  गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्तारूढ  गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने बताइएको । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो ।

आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउने गरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।

१७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

चैत्र २२, २०७८, बिहानको १०:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर