विराटनगर । देशभरीकै सबैभन्दा बढी मतदाता भएको जिल्ला मोरङमा यस पटक अघिल्लो वर्षको तुलनामा १ लाख ४१ हजार ७ सय २४ जना मतदाता थप भएका छन् । अब मोरङको मतदाता संख्या ७ लाख १५ हजार २ सय २३ पुगेको छ ।
जसमध्ये सबैभन्दा बढी विराटनगर महानगरपालिकामा अघिल्लो वर्षको तुलनामा १९ हजार ३ सय ८१ र दोस्रो नम्बरमा सुन्दरहरैंचा नगरपालिकामा १७ हजार ३ सय ८४ जना मतदाता नयाँ थप भएका छन् ।
निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांक अनुसार मतदाताको संख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना पुगेका छन् । २०७४ सालको निर्वाचनमा विराटनगरमा मतदातटाको संख्या १ लाख १३ हजार ७ सय ६१ थियो ।
०७४ सालमा सुन्दरहरैंचाको मतदाता संख्या ५४ हजार ३ सय ७२ थियो । यस पटक मतदाता संख्या बढेर ७१ हजार ७ सय ५६ पुगेको छ । मोरङमा सबैभन्दा कम मतदाता संख्या भएको पालिका केराबारी भएको छ । केराबारीमा मतदाता संख्या २३ हजार ९ सय ९० रहेको छ । यसअघि केराबारीमा १७ हजार ९ सय ८९ जना मतदाता थिए ।
तथ्यांक अनुसार मोरङको उर्लाबारी नगरपालिकामा विगतको भन्दा ९ हजार ९ सय ८४ थप भइ मतदाताको संख्या ४४ हजार २ सय ७२ पुगेको छ । यस्तै कटहरी गाउँपालिकामा ४ हजार ६ सय ३३ थप भइ २६ हजार ६३, कानेपोखरी गाउँपालिकामा ८ हजार ९ सय ८९ जना थप भई ३४ हजार ४५ जना पुगेका छन् ।
आयोगले दिएको तथ्यांक अनुसार ग्रामथान गाउँपालिकामा ४ हजार ६ सय ३६ जना थप भई २५ हजार ९ सय ४२ जना मतदाता पुगेका छन् । यस्तै जहदा गाउँपालिकामा ४ हजार २ सय ४८ जना थप भएर मतदाता संख्या २५ हजार ७ सय १५ पुगेको छ । धनपाल थान गाउँपालिकामा ४ हजार ४ सय ५६ जना थप भइ २५ हजार ७ सय ७६, पथरी शनिश्चरेमा १० हजार ४ सय ८० जना नयाँ थप भई ५१ हजार ३ सय ३० जना, बुढीगंगा गाउँपालिकामा ५ हजार २ सय ७ जना थप भई २८ हजार १ सय ५९ जना मतदाता संख्या पुगेको छ ।
यस्तै बेलबारी नगरपालिकामा १४ हजार २ सय १० जना नयाँ थप भएका छन् । बेलबारीको अब मतदाताको संख्या ५७ हजार २ सय ९ पुगेको छ । यस्तै उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकामा ५ हजार ९ सय २५ जना थप भई २४ हजार ९३, रंगेली नगरपालिकामा ६ हजार १ सय ८६ जना थप भई ३७ हजार १८७ जना, रतुवामाई नगरपालिकामा ७ हजार ३ सय ६७ जना थप भई ४३ हजार ५ सय ७४ जना मतदाता संख्या पुगेको छ ।
यस्तै लेटाङ नगरपालिकामा ७ हजार २ जना थप भई २८ हजार ४ सय २१ र सुनवर्षी नगरपालिकामा ५ हजार ६ सय ३५ जना नयाँ मतदाता थप भइ ३४ हजार ५ सय ४९ जना पुगेका छन् ।