लोड हुँदैछ...

मेनु

शिक्षकले छात्रालाई बलात्कार प्रयास गरेको घटनापछि लेटाङमा तनाव, झडपमा घाइते भएकामध्ये एक प्रहरीको अवस्था गम्भीर

शिक्षकले छात्रालाई बलात्कार प्रयास गरेको घटनापछि लेटाङमा तनाव, झडपमा घाइते भएकामध्ये एक प्रहरीको अवस्था  गम्भीर

विराटनगर । मोरङको लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले छात्रालाई बलात्कार प्रयास गरेको भन्दै विद्यार्थी र स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि विद्यालय परिसरमा आज तनाव र झडप भएको छ ।

घटनाको बिरोधमा स्थानीय र विद्यार्थी उत्तेजित भएपछि भएको झडपमा प्रहरी र विद्यार्थी गरि केही घाइते भएका छन ।

विद्यालयका शिक्षकले होलीको दिन छात्राको घरमै गएर बलत्कारको प्रयास गरेको घटनापछि विद्यालयमा शिक्षक र स्थानीय जनप्रतिनिधिसहित छलफल भइरहेको अवस्थामा झडप भएको हो । आक्रोशित विद्यार्थी र स्थानीयबासीले शिक्षक र स्थानीय जनप्रतिनिधिलाई कोठामै थुनेर प्रदर्शन गर्दै आगजनीको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।

विद्यालयको अवस्था तनावग्रस्त बनेपछि पुगेको प्रहरी टोली र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले थुनिएकाहरुलाई उद्धार गरि सुरक्षित स्थानमा लगेको र स्थिति समान्य अवस्थामा आएको जनाएको छ ।

प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षको मोटरसाइकल जलाइ दिएका छन् । घटनामा मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसिसहित केहि प्रहरी घाइते भएको बताइएको छ ।

घाइतेहरुलाई उपचारको लागि विराटनगर ल्याइदैछ । एक महिला प्रहरी गम्भीर घाइते भएको स्थानीयले जानकारी दिएका छन । मोरङका प्रमुख जिल्ला अधिकारी कासीराज दाहालले घाइतेहरु अस्पताल पुगेपछि अवस्थाबारे जानकारी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।