लोड हुँदैछ...

मेनु

सप्तकोशीमा डुबेर बेपत्ता भएका व्यक्ति मृत फेला

सप्तकोशीमा डुबेर बेपत्ता भएका व्यक्ति मृत फेला

सुनसरी । चैत्र ४ गते सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बराहक्षेत्र नगरपालिका–६ का १८ वर्षीय प्रेम कुमार पाण्डे मृत फेला परेका छन् ।

चैत्र ४ गते दिउँसो साँढे ३ बजे नदीमा पौडी खेल्ने क्रममा पाण्डे डुबेर बेपत्ता भएका थिए । प्रहरी टोली तथा स्थानीयवासीहरु समेतको सहयोगमा खोजी गर्दा आज दिउँसो साँढे २ बजे डुबेको स्थानभन्दा करिव ६ किलोमिटर दक्षिणमा मृत फेला परेको प्रहरीले जनाएको छ । उनको शव परिक्षणको लागी अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।