विराटनगर । आगामि २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी भर्ना सुरु भएको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीका अनुसार आगामि चैत ११ गतेसम्म आवेदन लिइनेछ ।

मधेश प्रदेशमा ८ वटा जिल्लाका लागि २१ हजार ६ सय ९८ म्यादी प्रहरीको माग भएपनि प्रदेश १ मा भने १७ हजार ८ सय ३१ जना म्यादी प्रहरीको आवेदन माग भएको छ । आवेदन दिएका सर्वसाधरणलाई म्यादी प्रहरीमा भर्नाका लागि छनौट गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छनौट समिति गठन भएको छ । उक्त समितिले जिल्लामा आफूलाई चाहिएको म्यादी छनौट गर्नेछ ।

स्रोतले दिएको जानकारीअनुसार पाँचथरमा ९ सय १६, ताप्लेजुङमा ६ सय ४७, भोजपुरमा ७ सय ४९, संखुवासभामा ९ सय ४४, खोटाङमा १ हजार १ सय ४७, ओखलढुंगामा ५ सय ७९, सोलुखुम्बुमा ७ सय ९९, झापामा २ हजार ७ सय ६४, इलाममा १ हजार १ सय १८, मोरङमा ३ हजार ७ सय २७, सुनसरीमा २ हजार १ सय ४३, धनकुटामा ८ सय ६१, तेह्रथुममा ३ सय ९९ र उदयपुरमा ९ सय ५८ जना म्यादी प्रहरीको माग गरिएको छ ।