लोड हुँदैछ...

मेनु

राष्ट्रिय कर्मचारी महासंघ झापाको संयोजकमा आचार्य

राष्ट्रिय कर्मचारी महासंघ झापाको संयोजकमा आचार्य

विर्तामोड । नेपाल राष्ट्रिय कर्मचारी महासंघ झापाको बिस्तारित बैठक पर्यटकिय स्थल दोमुखामा सम्पन्न भएको छ।

तेजबहादुर आचार्यको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक समिति निर्माण गर्दै भेला सम्पन्न भएको हो ।

आगामी २०७९ बैशाख ३ गते झापा जिल्ला सम्मेलन गर्ने र सोअघि सबै घटक सगठनहरुको जिल्ला सम्मेलन सक्ने निर्णय बैठकले गरेको छ । यस्तै १५ वटै स्थानीय तहमा पालिका कमिटि निर्माण सम्पन्न गर्ने निर्णय भएको संयोजक आचार्यले बताए।

नेकपा माओवादी केन्द्र झापाका सह ईन्चार्ज राजु चुडालको प्रमुख आतिथ्यमा बसेको भेलामा नेराकस निजामति प्रदेस अध्यक्ष रुद्र सुवेदी र नेराक महासंघ केन्द्रीय सचिवाल सदस्य रेवति ढुङ्गानाले सम्बोधन गरेका थिए। संगठन निर्माण पहिलो आवश्यकता रहेकोले गाउँगाउँ पुगेर संगठित गर्दै पेसागत हितको लागि संघर्षको लागि आब्हान गरिने नेरनकस निजामती झापा अध्यक्ष यदुनन्दन दाहाले बताए।

निजामती , विधुत प्राधिकरण , स्थानिय तह, स्वास्थ्य, दुग्ध बिकास सस्थान, चिया तथा कफि बोर्ड, बैंक तथा बित्तिय, संघ संस्थान प्रतिस्ठान, टेलिकम लगायतको सरकारि निकायका प्रतिनिधिहरुको बैठकमा सहभागीता रहेको संगठनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।