विराटनगर । होलीको दिन मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाउने ४ सय १३ वटा सवारी साधन कारवाहीमा परेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले मापसे गरेर सवारी साधन चलाउने मोटरसाइकल, सिटीअटो, कार, ट्याक्टरसहित ४ सय १३ वटा सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
कारवाहीमा परेका सवारी साधनलाई शुक्रबार ६ बजेपछि जरिवना गरि छाड्ने उनले बताए । प्रहरीले मापसे सेवन गरि होहल्ला गरि हिड्ने ७ जना मानिस नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले जानकारी दिए । प्रहरीले उनीहरुलाई आइतबार अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान सुरु गरेको तयारी गरेको छ ।

