लोड हुँदैछ...

मेनु

विराटनगरमा १० रुपैयाँमा मट्का चिया

विराटनगरमा १० रुपैयाँमा मट्का चिया

विराटनगर । विराटनगर-५ गणेश चोकस्थित मेरो मिनि मार्टले १० रुपैयाँमा मट्का चिया खुवाउने भएको छ । विराटनगरमा नाङ्लो ममको शाखा सुरु गरेको मेरो मिनि मार्टले उद्घाटनको अवसरमा मट्का चियामा छुट दिएको हो ।

‘उत्कृष्ट स्वादमा मम उत्पादन गर्दै आएको नाङ्लो ब्रान्डको मम देशै भर प्रख्यात छ । विराटनगर बासीलाई नाङ्लोको स्वाद प्रदान गर्न शाखा खोलिएको हो,’ मार्टका सञ्चालक रविन शर्मा भट्टराईले भने, ‘सोही अवसरमा मार्टले मट्का चिया र मममा विशेष छुट दिएको हो ।’

आज र भोली दुई दिन विशेष छुटमा मम र चिया उपलब्ध हुने अर्का सञ्चालक सरोज पौडेलले बताए । मार्टले दुई दिनसम्म १० रुपैयाँमा उपलब्ध गराएको चियाको प्रायोजन भने ‘उषा गोल्ड’ले गरेको छ । बिगत १० वर्षदेखि चिया उत्पादन र प्याकेजिङ् गर्दै आएको बिर्तामोडको उषा टि प्याकेजिङ उद्योगले हाल ‘उषा गोल्ड’, ‘देउराली’ र ‘दोभान’ ब्रान्डका चिया उत्पादन गर्दै आएको छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

ram prasad chapagain
March 16, 2022 8:45 PM

प्रतिक्रिया दिने अवसर दिनु भएकोमा म धेरै आभारी छु म पोखराबाट बोल्दै छु म पोखरामा दोभान चियाको डिलर लिएर ब्यापार ब्यावसाय गर्दै छु हाम्रो चियालाई टेलिभिजन/ रेडियो प्रचार प्रसार पनि गर्न सकियो भने राम्रो हुन्थियो होला मेरो यो सानो प्रतिक्रिया कतै गलत भएको छ भने म माफी चाहान्छु।

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 5 seconds