विराटनगर । मोरङको सुन्दरहरैचना नगरपालिका – ७ गणेशपुरस्थित १८ महिने नाबालिका हत्या आरोपमा प्रहरीले सोही ठाउँका दुई जना युवालाई पक्राउ गरेको छ ।
प्रहरीले बालिका हत्या आरोपमा सुन्दरहरैचा ७ का २५ वर्षिय अजय चौधरी र २८ वर्षिय मिथुन चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दाजुभाइ हुन् । उनीहरुले नाबालिकालाई पालैपिलो बलत्कार गरेपछि हत्या भएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।
शुक्रबार साझ साढे ५ घरमा खेल्दै गरेकी बालिकालाई बोकेर घरदेखि १ सय ५० मिटर पश्चिम घारीमा लगेर पालैपिलो बलत्कार गरेका थिए । ‘बालिकाको आमा घरमा काममा व्यक्त भएको बेलामा अजयले गएर बालिकालाई १० रुपैयाँ र चोकोपन दिएर घटनास्थल बनमारा झाँडीमा ल्याएर सुरुमा अजयले जवरजस्ती करणाी गरेका थिए । त्यसपछि दाजु मिथुनले गरेको खुलेको छ,’ एससपी जिसीले भने, ‘करणाी गर्दा बालिकालाई असय पिढा भएर रुन थालेपछि वारदत स्थलमा भेटिएको दुई वटा ढुङ्गा र बियरले बालिकाको टाउँकोमा प्रहार पनि गरेका थिए । त्यसपछि बालिका अचेत भइन् ।’
पालैपिलो बलत्कार गरेपछि हराएको एक घण्टापछि साढे ६ बजे बालिका घारीमा अचेत अवस्थामा भेटिएकी थिइन् । अचेत अवस्थामा भेटिएकी बालिकालाई विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा शनिबार विहान १२ः३६ बजेको समयमा मृत्यु भएको एसपी जिसीले जानकारी दिए ।
गाजा खाएपछि बलत्कारको योजना
पक्राउ परेका अजय बिवाहित हुन् । उनको दुई जना श्रिमति रहेका छन् । दुवै श्रीमित माइतीमा बस्दै आएका छन् । उनी लागूऔषध प्रयोगकर्ता हुन् । दाजु मिथुन अविवाहित हुन् । उनी सुष्त छन् । ‘बालिकालाई बलत्कार गर्नु दुई घण्टा अगाडी गछिया खोलामा दाजु मिथुनसँग अजयले भेटघाट गरेपछि दुवै जना गाँजा खान स्थानिय केरा बगानमा जाँदछन् । एकान्त ठाउँ भएकोले त्यहाँ उनीहरु गाँजा गाएपछि यौन सम्र्पक गर्ने इच्छा जागेपछि अजयले पहिलादेखि बालिका घरमा एक्लै खेल्दै गरेको देखेको हुदा रहेछ । दाजु मिथुनलाई घारीमा बस्दैगर म बालिकालाई लिएर आउँछु भनेको हुदोरहेछ,’ एसपी जिसीले भने, ‘घरमा खेल्दै गरेको बालिकालाई बोकेर ल्याएपछि दुवै जनाले बलत्कार गरेको खुलेको छ ।’

बलत्कार पछि भट्टी पसलमा
बालिकालाई बलत्कार गरेपछि अजय र मिथुन दुवै जना स्थनिय भट्टी पसलमा गएर मदिरा सेवन गरेको पाइएको छ । ‘भट्टी पसलमा गएपछि राती अवेरसम्म मदिरा सेवा गरेको अनुसन्धानबाट खुलेको छ,’ एसपी जिसीले भने, ‘त्यसपछि उनीहरू घटना घटाएको रात मामाघर गएका बस्दछन् ।’ प्रहरीले दुवै जनालाई सुन्दरहरैचना ७ मा रहेको मामाघरदेखि शनिबार पक्राउ गरिएको एसपी जिसीले बताए ।
प्रहरीले बालिका हत्या आरोपमा पक्राउ गरेको दुवै जनालाई आइतबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । एसपी जिसीको अनुसार उनीहरुलाई कर्तब्य ज्यान र जवरजस्ती करणी मुद्दामा मोरङ अदालतमा इलका प्रहरी कार्यालय बेलबारीले म्याद थप गरि अनुसन्धान सुरु गरेको जानकारी गराए ।
पक्राउ परेका अजय यसअघि पनि दुइ वर्ष कारागार बसेका आएका अभियुक्त हुन् । उनी अपराध तथा शरिर बन्धक मुद्दामा दुई वर्ष अगाडी मोरङ कारागार बसेपछि १८ मंसिरमा छुटेका थिए ।


