काठमाडौं । रुस–युक्रेन युद्धबाट प्रभावितमध्ये २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । युक्रेनमा रहेका द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन् ।
यस्तै युक्रेनबाट सुरक्षित गन्तव्यमा जानेक्रममा पोल्याण्डको सीमामा १ सय ३० जना स्लोभाकियाको सीमा १२ जान, रोमानियाको सीमामा १० जना र माल्डावाको सीमामा २ जना नेपालीहरु दोस्रो मुलुक जान रोकिएका छन्। उनीहरुले आज साँझसम्म सीमा पार गर्न सक्ने अनुमान गरिएको छ ।
गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन् भने केही नेपालीहरु पर्ख र हेरको अवस्थामा युक्रेनका बिभिन्न शहरमा अझै बसोबास गर्दै आएका छन् ।