लोड हुँदैछ...

मेनु

रुसको आक्रमणपछि युक्रेनमा त्रास :ठाउँठाउँमा विस्फोट,इमर्जेन्सी साइरन बजाउँदै भागाभाग

रुसको आक्रमणपछि युक्रेनमा त्रास :ठाउँठाउँमा विस्फोट,इमर्जेन्सी साइरन बजाउँदै भागाभाग

एजेन्सी । रुसको आक्रमणपछि युक्रेनको राजधानी किभ छाड्नेको सङ्ख्या बढेको छ । राजधानीबाट सयौँ मानिहरु निस्कन थालेका बीबीसीले जनाएको छ ।

निजी गाडीमा उनीहरु इमर्जेन्सी साइरन बजाउँदै बाहिरिन थालेका खबरमा उल्लेख गरिएको छ । रुसले आक्रमण थालेसँगै डराएका उनीहरु भाग्न थालेका त्यहाँका एक पत्रकारले बताएका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेसँगै युक्रेनको राजधानीलगायत ठाउँठाउँमा विस्फोट हुन थालेको छ ।

युक्रेनले रुसले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ ।

तस्बिर :बीबीसी

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।