नेपाल – भारत ऊर्जा बैठक आजबाट सुरु हुँदै

काठमाडौं । नेपाल-भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज बस्दैछ । बैठक काठमाडौं  स्थित ह्यात होटलमा दिउँसो तीन बजे बस्ने छ ।

सहसचिव स्तरीय बैठकपछि भोली सचिवस्तरीय निर्देशक समितिको बैठक बस्ने छ । नेपालको तर्फबाट निर्देशक समितिको बैठकको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकको नेतृत्व सहसचिव चिरञ्जिवी चटौतले गर्नेछन् ।

बैठकमा नेपालले विद्युत् निर्यातको विषयलाई प्राथमिकतामा राखेको छ । सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक प्रत्येक ६-६ महिनामा बस्ने प्रावधान छ । त्यसअघि २०७६ सालमा भारतको बैंगलोरमा बैठक बसेको थियो । गत वर्ष भने कोरोना महामारीका कारण यो बैठक भर्चुअल रूपमा सम्पन्न भएको थियो ।

बुधबार, ११ फागुन, २०७८, बिहानको १०:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर