एक किलो चियापत्तीको मूल्य करिब १ लाख ६० हजार

एजेन्सी । गोल्डन पर्ल नामको एक किलो चियापत्ती ९९,९९९ भारु (१ लाख ५९ हजार रुपैयाँ बढी ) मा बेचिएको छ । भारतको गुवाहाटी चिया लिलामी केन्द्रमा यो चिया यत्तिको रकममा बिक्रि भएको हो । यसअघि अघिल्लो वर्ष डिसेम्बरमा गोल्टन बटरफ्लाई चियापत्ती ९९,९९९ मै बिक्रि भएको थियो ।

अब पुनः एकपटक कुनै कम्पनीको चियापत्ति ९९,९९९ भारुमा बिक्री भएको छ । यसपटक गोल्डन पर्लको चियापत्तिलाई असाम टि ट्रेडर्सले खरिद गरेको छ । असमको डिब्रुगढ जिल्लामा नाहोरचुकबारी कारखानामा यसलाई लिलामीमा राखिएको थियो । त्यहाँ थुप्रै ठूला कम्पनीको उपस्थिति थियो । तर यसपटक गोल्डन पर्लले बाजी मार्यो जसको एक किलो चियापत्ती ९९,९९९ भारुमा बिक्री भयो ।

यसअघि सन् डिसेम्बरमा ‘मनोहारी गोल्ड टी’ ले गुवाहाटी टी अक्सनमा आफ्नै रेकर्ड तोडेर इतिहास रचेको थियो । एक किलोको रेकर्ड ९९,९९९ भारुको बोली लगाइएको थियो । त्यतिबेला गुवाहाटीस्थित थोक व्यापारी सौरभ टी ट्रेडर्सद्वारा यो खरिद गरिएको थियो । यो एक दुर्लभ किसिमको चिया हो र यसको मार्केटमा असाध्यै माग देखिएको छ भनेर तर्क प्रस्तुत गरियो ।

यसअघि अघिल्लो वर्ष अगस्टमा एक किलो ‘गोल्डन निडल’ को चियापत्ती ७५,००० भारुमा बेचिएको थियो । यसै रेटमा त्यतिबेला गोल्डन बटरफ्लाईको चियापत्ती बेचिएको थियो । सन् २०१९ मा पनि लिलामीका बेला मनोहारी गोल्ड टीले रेकर्ड मूल्य पाउन सफल भएको थियो । त्यतिबेला उक्त कम्पनीको एक किलो चियापत्ती ५०,००० भारुमा बेचिएको थियो ।

बिहिबार, ०५ फागुन, २०७८, दिउँसोको ०४:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर