विराटनगर । हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज ४ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको भाउ अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।
तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।