लोड हुँदैछ...

मेनु

मोरङमा तस्करी गरेर भारतबाट ल्याएको लाखौंको कपडा बरामद

मोरङमा तस्करी गरेर भारतबाट ल्याएको लाखौंको कपडा बरामद

विराटनगर । मोरङको दरैया क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएको १२ लाख रुपैयाँभन्दा बढी मूल्यको लत्ताकपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानी मोरङबाट डीएसपी तिलक खड्काको नेतृत्वमा खटिएको टोलीले बुधबार राति कपडा बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा कारबाही गर्दा तीन वटा मोटरसाइकलसहित १० बोरा लत्ताकपडा बरामद गरेको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बरामद लत्ताकपडाको भन्सार मूल्याङ्कन १२ लाख २७ हजार ३०० रुपैयाँ रहेको छ ।

बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी विराटनगर भन्सार कार्यालयमा दाखिला गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।