भारतमा कोरोना संक्रमण दर तीव्र : एकै दिन ५ सय ३४ जनाको ज्यान गयो

काठमाडौं । पछिल्लो समय भारतमा पनि कोरोना संक्रमण दर तीव्र गतिमा बढीरहेको छ । भारतमा कोरोनाका कारण एकै दिन ५ सय ३४ जनाले ज्यान गुमाएका छन् । यस्तै २४ घण्टामा ५८ हजार ९७ कोरोना संक्रमित थपिएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।

अहिलेसम्म भारतमा तीन करोड ५० लाख भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये तीन करोड ४३ लाख भन्दा बढी निको भइसकेका छन् । अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ८२ हजार ५५१ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणदर तीव्र गतिमा बढ्न थालेपछि दिल्लीमा रात्रिकालीन कफ्र्यु लागू गरिएको छ । भारतमा प्रवेश गर्ने यात्रुहरुलाई स्वास्थ्य मापदण्डमा पनि कडाइ गरेको छ ।

बुधबार, २१ पुष, २०७८, बिहानको ११:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर