सुकेको रातो खुर्सानी खानुका फाइदाहरु

विराटनगर । सुकेको रातो खुर्सानीले खानालाई स्वादिलो मात्र बनाउँदैन स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ । सुकेको रातो खुर्सानीले खाना मसालेदार बनाउँछ । यसको साथै अरु पनि फाइदा हुन्छ ।

मानिसको जीवनमा केही यस्ता समस्याहरु कैयौपटक आउछन्, जसको समाधान गर्न मुस्किल पर्छ । धेरै प्रयास गर्दा पनि समस्याबाट हामी बाहिर निस्कन सकिरहेका हुँदैनौ । यदि कुनै काममा बाधा आएमा ७ वटा सुकेको रातो खुर्सानी एक रुमालमा बाधेर पर्समा राख्नाले धन बृद्धि हुने विश्वास गरिन्छ ।

रातो खुर्सानीको अर्को पनि फाइदा छ । छालमा घाउ, चोट वा अन्य कारणले रगत बगेमा रगत रोक्नलाई यसले ठुलो मद्दत गर्छ । यदि तपाइँको काममा बाधा अड्चन आइरहेको भएमा सुकेको रातो खुर्सानीको २१ दानालाई पानीले भरिएको लोटामा हालेर आपाmुमाथि ७ पटक घुमाएर घर बाहिर फाल्दा रोकिएको काम अगाडि बढ्ने विश्वास गरिन्छ ।

यदि स्वास्थ्य खराब भएमा ५ वटा रातो सुकेको खुर्सानी सिरान मुनि राखेर सुत्दा स्वास्थ्यमा सुधार हुनेछ । यसले अरुको नजर लाग्नबाट पनि बचाउछ । मानिस वा अन्य जनावरलाई पनि नजर लागेमा सुकेको खुर्सानी चुल्होमा फाल्नुपर्छ ।

यसो गर्दा तपाइँमा लागेको कसैको नजर उतार्छ र स्वास्थ्यमा पनि सुधार हुनेछ ।

-एजेन्सी

मङ्गलबार, २० पुष, २०७८, दिउँसोको ०१:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर