विराटनगर । नेपाल शैक्षिक बजार व्यवस्थापन संघ नेपाल (ईमान)को अध्यक्षमा माधव खतिवडा निर्वाचित हुनुभएको छ । आज विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले मोरङका खतिवडा सहित १४ सदस्यीय कार्यसमिति सर्वसहमत निर्वाचित गरेको हो ।
इमानको वरिष्ठ उपाध्यक्षमा प्रेम अधिकारी, उपाध्यक्षमा दिलकुमार पुरी, महासचिवमा रन्जन भट्टराई, कोषाध्यक्षमा अच्यूत खतिवडा, सचिवमा नारायण सुवेदी र सह कोषाध्यक्षमा कबिराज भट्टराई निर्वाचित हुनुभएको छ ।
यस्तै केन्द्रीय सदस्यहरूमा प्रेमप्रसाद खनाल, प्रमोद विश्वास, विषम दाहाल, संजीव चौधरी, गुरु खनाल, उमेश खनाल र प्रदिप सुवेदी सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितीका संयोजक विष्णु गेलालले जानकारी दिनुभयो । १७ सदस्यीय केन्द्रीय कार्यसमितिमा बाँकी तीन जना सदस्य मनोनित गरिने नव निर्वाचित अध्यक्ष खतिवडाले बताउनुभयो । इमानको कार्यकाल तीन वर्षको हुनेछ ।
नव निर्वाचित कार्यसमितिलाई महाधिवेशन का प्रमुख अतिथी तथा ईमानको प्रमुख सल्लाहकार वेदेन्द्र ढकाल, निर्वाचन समिती संयोजक विष्णु गेलाल र इमानका प्रेस सल्लाहकार तथा प्रेस चौतारी मोरङ अध्यक्ष सुदिप कोइरालाले शुभकामना दिँदै ईमानलाई सवै जिल्लामा विस्तार गर्न सुझाव दिनुभयो ।
नव निर्वाचित अध्यक्ष माधवप्रसाद खतिवडाले हरेक मंसिर ६ गतेलाई इमान स्थापना दिवस मनाउने घोषणा गर्नुभयो । उहाँले आफ्नो कार्यकाल संगठन विस्तारमा केन्द्रित हुँदै सरोकार राख्ने पक्षहरुसँगको सम्बन्ध बिस्तार गर्दै सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।