प्रदेश २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुनेभएको छ । सहमति नभए पछि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

जनकपुरधाममा रहेको गोपाल धर्मशालामा दिउँसो ४ बजेसम्म मतदान गर्न सकिने कांग्रेसको प्रदेश निर्वाचन समितिले जनाएको छ ।संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

प्रदेश २ को चुनावमा झण्डै २ हजार मतदाता सहभागी हुनेछन् । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता हुन्छन् ।

गएको मंसिर १७ गते प्रदेश अधिवेशन उद्घाटन भए पनि केही जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि छनोटमा ढिलाई भएको भन्दै अधिवेशन केन्द्रीय महाधिवेशन पछि मात्रै गर्ने गरी स्थगित गरिएको थियो ।

बुधबार, ०७ पुष, २०७८, बिहानको ११:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर