विराटनगर। विराटनगरको दरैया बस्तीस्थित नेपाल भारत सीमा क्षेत्रबाट अवैधरुपमा नेपाल तर्फ ल्याउँदै गरेको कपडा प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको कपडा तथा जुत्ता बुधबार बरामद भएको हो ।
प्रहरीले २२ हजार ८०० मूल्य बराबरको उनीको टप्स, ८२ हजार रुपैयाँ मूल्य बराबरको टप्स, स्पोर्टस् तथा छालाका जुत्ताहरु बरामद गरेको प्रहरी सहायक निरीक्षक दिलकुमार पन्तले जानकारी दिए ।
बुधबार बिहान सशस्त्र प्रहरी निरिक्षक पन्तको कमाण्डमा खटिएको टोलीलाई देखेर तस्करी गर्दै आएका व्यक्तिहरु सामान छोडेर भागेका थिए । प्रहरीले बरामद गरेको सामान विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरि सशस्त्र प्रहरी निरीक्षयक पन्तको कमाण्डमा खटिएको टोलीले अवैध रुपमा भन्सार छली गरि भारततर्फ लाँदै गरेको सुँगुरका पाठा बरामद गरेको छ । दिउँसो एक बजेको समयमा प्रहरीले ४८ हजार मुल्य बराबरको ६० वटा सुँगुर पाठा बरामद गरेको हो ।
प्रहरीलाई देखपछि सुँगुर पाठा छोडेर तस्करी गर्ने व्यक्ति भागेका थिए भने सो सामान प्रहरीले बरामद गरि आवश्यक कारबाहीको लागि आन्तरिक भन्सार कार्यलय बुझाइएको प्रहरीले जनाएको छ ।