पिट्सबर्ग च्यालेन्ज कप फुटबलमा बेलबारी बन्यो च्याम्पियन

पथरी । मोरङको पथरीशनिश्चरेमा सम्पन्न पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी बेलबारी फुटबल क्लबले जितेको छ ।

आज बिहीवार सम्पन्न फाईनलमा दमक फुटबल एकेडेमीलाई सडन डेथमा बेलबारीले पराजित गरेको हो । विजेता बेलबारीले नगद १ लाख १ हजार रुपैयाँ , ट्रफी प्राप्त गर्यो भने उपविजेता बनेको दमकले ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

निर्धारित समय गोल रहित बराबरीमा सकिएपछी टाई-ब्रेकरतर्फ धकेलिएको खेलमा टाई-ब्रेकरले समेत निर्णय दिन नसकेपछि खेल सडन-डेथमा गएको थियो । सडन डेथमा दमकका राजन धिमाल गोल गर्न चुकेपछी दमक उपविजेतामा सिमित बन्न पुग्यो ।

टाइ-ब्रेकरमा बेलबारीका लागि आकाश बस्नेत, वेल्सन गिरि , विवेक पौडेल , शंकर राई, काशिम राई, पारस खत्री र विनोद राईले गोल गरेका थिए भने दमकका लागि रोशन धिमाल, आशिष लिम्बू, गौरव धिमाल, ओम प्रकाश तामाङ्ग, रोशन तामाङ्ग र किस्मत लिम्बुले गोल गरे भने राजन धिमालको प्रहार विफल भएको थियो ।
आजको खेलको मेन अफ द म्याच दमकका गौरब धिमाल बन्दै नगद २ हजार ५ सयँ प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दमकका आशिष लिम्बू बने भने उत्कृष्ट डिफेन्सको उपाधी बेलबारीका सुमन श्रेष्ठ पाए ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट फर्वाड दमकका किस्मत लिम्बू, उत्कृष्ट गोल रक्षक बेलबारीका किशोर गिरि घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ता बेलबारिका विवेक पौडेल बने भने उत्कृष्ट मिड-फिल्डर बेलबारीका पारस खत्री बने। प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक बेलबारी फुटबल क्लबका प्रशिक्षक शंकर सुवेदी बने। सम्पुर्ण विधागत उपाधी विजेता खेलाडी र प्रशिक्षकले जनहिँ ५ हजार नगर पुरस्कार प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय प्राप्त गरे ।

थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा सुरु प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाएका थिए । प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको खेल मैदानमा संचालन भएको थियो।

शुक्रबार, १९ कार्तिक, २०७८, रातीको ०८:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर