लोड हुँदैछ...

मेनु

गुरुकुलमा ‘दाय कन्तुर’ मञ्चन हुँदै

गुरुकुलमा ‘दाय कन्तुर’ मञ्चन हुँदै

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुने भएको छ ।

भारतीय वरिष्ठ नाटककार दया प्रकाश सिन्हाको नाटक ‘अपने अपने दाँव’ लाई नेपालीमा भावानुवाद गरी तयार पारिएको ‘दाय कन्तुर’ आगामी कात्तिक २१ गतेदेखि ७ दिन मञ्चन गर्न लागिएको हो । नेपाली समाजमा पनि व्याप्त अंशप्रथाको पारिवारिक झमेलालाई व्यङ्ग्यात्मक शैलीमा नाटकमा प्रस्तुत गरिएको छ ।

प्रदेश १ का नाट्य समूहहरुबीच सहकार्यको अभ्यास स्वरुप विभिन्न समूहमा सक्रिय रंगकर्मी तथा युवाहरुलाई समावेश गराई १५ दिनमा नाटक तयार पारिएको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । नाटक हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा कात्तिक २७ गतेसम्म दैनिक अपराह्न ४ः३० बजे र सनिबार १ बजे पनि मञ्चन हुनेछ ।

नाटकमा अरोहण गुरुकुल विराटनगरका विकास पराजुली, देवेन्द्र यादव, अनिल खत्री, कलालय इटहरीका प्रज्वल दुलाल, जीवन बस्नेत, सिनेकर्मी संगिता यादव, युवा अभियन्ता समिक्षा दाहाल, अनुपमा बास्तोला, अमन धमला, अनु भट्टराई, गणेश साहले अभिनय गरेका छन् । भरत कार्की र निर्मल शर्माले प्रकाश र ध्वनी संयोजन गरेका छन् ।

नाटक विराटनगर महानगरपालिकाको सम्वद्र्धनमा आरोहण गुरुकुल विराटनगरले प्रस्तुत गर्न लागेको हो ।
पद्मश्री अवार्ड प्राप्त गरेका नाटककार दया प्रकाश सिन्हा भारतमा प्रशिद्ध लेखक तथा निर्देशक हुन् । ‘अपने अपने दाँव’ सहित ‘सम्राट अशोक’, ‘इतिहास–चक्र’ लगायत उनका चर्चित नाटकहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।