अनिता सोनीको ‘ए हजुर घुमाइ देउ न सिंगो नेपाल’ सार्वजनिक

विराटनगर । अनिता सोनीद्वारा लिखित नेपाली गीत ‘ए हजुर घुमाइ देउ न सिंगो नेपाल’ सार्वजनिक भएको छ ।

गीत युट्युब मार्फत शुक्रबार सार्वजनिक भएको हो । सोनीको शब्दमा गायक सुरज बानिया र गायिका नन्दिनी अधिकारीको स्वर भएको उक्त गीतमा नेपालको सांस्कृतिक विविधता र पर्यटकीय गन्तव्यहरुको सुन्दरता झल्काईएको छ । पहाडी क्षेत्रमा गएर खिचिएको भिडियोमा लेखिका अनिता सोनीका साथै दिपिका बोहरा, आशा अटल, अनिता अग्रवाल, ललिता जाजु, शालु अग्रवाल र सुरज बानियाले लगायतले अभिनय गरेका छन् । गीतमा राज दासको संगीत व्यवस्थापन र निरज तिमिल्सिनाको छायांकन रहेको छ ।

पछिल्लो १ वर्षमा भने अनिता सोनीद्धारा लिखित ५ वटा गीतहरु रिलिज भईसकेका छन् ।

शनिबार, ०५ भदौ, २०७८, दिउँसोको ०३:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर