विराटनगरमा मोटरसाईकलमाथि बसेकै अवस्थामा शव भेटियो

विराटनगर । विराटनगर ५ बिजुली अफिसअगाडि एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

को ४ प २३१६ नम्बरको मोटरसाईकलमा आज राति ८ः३० बजे विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएका हुन् । प्रहरी कार्यालय विराटनगर वडा (क)का डिएसपी दिपक कार्कीसहितको टोली घटनास्थलमा पुगेको छ । घटना विषयमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

सोमबार, ०४ साउन, २०७८, रातीको ०८:५८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर