डाक्टरको घरमा चोरी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा कार्यरत डा. पुरन चन्द साहको घरमा चोरी भएको छ । विराटनगर–४ जामुनगाछीमा रहेको घरको मुल ढोकामा लगाएको ताला फोरेर किरब ८ लाख मूल्य बराबरको धनमाल चोरी भएको हो ।

कोरोना संक्रमितको उपचारमा मेडिकल अधिकृत साह कोशी अस्पताल कोभिड उपचार केन्द्रमा ड्युटिमा खटिएका थिए । ड्युटिमा खटिएको मौका पारी घरको ढोका फोरेर दराजमा राखिएको धनमाल चोरी भएको डा. साहले जानकारी दिए ।

‘मुल ढोका र बाहिरि गेटमा ताला लगाएर ड्युटिमा गएको थिए । श्रीमती पनि माइत गएकी थिइन् । त्यही मौका छोपेर चोरी भएको रहेछ,’ डा. साहले भने । साहको घरदेखि चोरले दुई तोला सुन र अन्य धनमाल लुटपाट गरेको छ । ‘घरको मुल ढोकामा लगाएको ताला नभएको छिमेकीले जानकारी दिएपछि घर आएको थिएँ । घरमा आउँदा सामान छरपस्ट थियो,’ उनले भने, ‘दराजमा राखिएको एमबिबिएस उत्तिर्ण गरेको सार्टिफिकेट पनि छैन ।’

डा.साहले चोरी भएको घटनाको विषयमा मोरङ प्रहरीमा पनि जानकारी गराएका छन् । प्रहरीले घटनामा संलग्नको खोजी कार्य भइरहेको जानकारी गराएको छ ।

मङ्गलबार, १५ असार, २०७८, साँझको ०५:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर