पाँचथर। जिल्लाको आठ वटा स्थानीय तहले बिहीबार २०७८/७९ को बजेट तथा वार्षिक नीति कार्यक्रम गाउँ तथा नगरसभामा पेश गरेका छन् ।
पाँचथरको फिदिम नगरपालिकाले ९१ करोड ६५ लाख ३२ हजार १ सय रुपैँयाको बजेट ल्याएको छ । जिल्लाको एकमात्र नगरपालिका फिदिमले नीति तथा कार्यक्रममा भौतिक पूर्वधार तथा विकासलाई जोड दिएको छ ।
जिल्लामा सात वटा गाउँपालिका रहेको पाँचथरमा मिक्लाजुङ गाँउपालीकाले ५५ करोड ५७ लाख ८० हजार को ल्याएको छ । फाल्गुनन्द गाँउपालीकाले ४६ करोड ४४ लाख ३४ हजारको बजेट ल्याएका छ भने तुम्बेवा गाँउपालीकाले ३६ करोड ९७ लाख ४३ हजार ५ सय ८० रुपैँया को बजेट सार्वजनिक गरेको छ ।
याङवरक गाँउपालिकाले ४५ करोड ७० लाख ९८ हजार तथा हिलिहाङ गाँउपालीकाले ४९ करोड ३१ लाख ९५ हजार ९ सय ३६ को बजेट ल्याएको छ । फालेलुङ गाँउपालीकाले ४६ करोड १५ लाख ४१ हजार र कुम्मायक गाँउपालिकाले ले ३४ करोड ६१ लख ८४ हजार ५ सय गरि जिल्लामा लागि ८ अर्ब २७ करोड ९६ लाख ७० हजारको बजेट सार्बजनिक भएको हो ।
सबै गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार निर्माण, शिक्षा , स्वास्थ्य तथा रोजगारीलाई प्राथमिकता दिएका छ्न् ।
कोरोना प्रकोप गर्दै चौथो नगर सभा तथा गाउँसभा चलाएका स्थानीय तहले सभामा सहभागीहरु सामाजिक दुरी कायम गर्दै जम्मा भएका थिए भने अधिकाम्स स्थानीय तहले जुम मार्फत पनि सभामा सहभागी गराएको थियो ।