अमेरिका । गिरिजाप्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरले आफ्नो कार्यालयमा एक कार्यक्रम गरी भर्खरै सम्पन्न एनआरएनए अमेरिका (२०२१–२०२३) चुनावको न्युयोर्क च्याप्टरमा विजयी पदाधिकारीहरूलाई सम्मान एवं बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
नेपाली जनसम्पर्क समिति अमेरिकीका संस्थापक उपाध्यक्ष श्री मिंगमार शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले जानकारी दिए ।
कार्यक्रममा एनआरएन एनसीसीका पूर्वसल्लाहकार नेदेन दोंगाला विशेष अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रममा न्युयोर्कवाट एनआरएनए एनसिसि वोर्ड अफ डाईरेक्टरमा विजयी दुर्गेशजंग कार्की र प्रभातराज सापकोटा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी,कार्यसमिति सदस्यद्वय सुर्य सिंखडा र ध्रुव कुँवरक्षेत्री उपस्थित रहेको बताएका थिए ।
न्युयोर्क च्याप्टरवाट विजयी टीमलाई प्रमुख अतिथि मिंगमार शेर्पाले अविर र खादा लगाएर सम्मान गरेका थिए । फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष घिमिरेले सबैसँग हातेमालो गर्दै आगामी दिनहरूमा नेपाली समुदायको हर दुःख सुखमा साथ दिन तत्पर रहेको बताए ।
उपाध्यक्ष सुवर्ण लामाले सबैमा बधाई दिँदै कार्यसफलताका निम्ती आफुले सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरे । फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले गिरिजाबाबुले भनेझैं सहमति, सहकार्य र एकता नै आजको आवश्यकता हो र यो टिमले केन्द्रदेखि च्याप्टरसम्म समन्वय गरी अशल काम गरी देखाउन शुभकामना दिए ।
अध्यक्ष पदमा निर्वाचित आंगछिरिङ शेर्पाले आफू अत्यन्त उत्साहित भएको र आगामी दिनमा ठोस कार्ययोजना ल्याई न्युयोर्कमा ठोसरूपमा परिवर्तन गरिछाडने बताए । कार्यक्रमका विशेष अतिथि नेदेन डोंगलाले टीमलाई बधाई दिँदै यो टीम अत्यन्त समावेशी र जुझारू भएको र आफुले सदा साथ र सहयोग दिने धारणा राखे ।
एनआरएन न्युयोर्क च्याप्टरमा शेर्पाको अध्यक्षतामा उपाध्यक्ष शोभाकान्त पाण्डे, सचिव दन्डपाणी लामिछाने, सहसचिव बाबुराजा सिंह, कोषाध्यक्ष आशिष सापकोटा, महिला संयोजक लक्ष्मी थापा, युवा संयोजक अनुप बानिँयासहित बोर्ड सदस्यहरु पवित्रा धिमाल, राजन वन्जरा, प्रकाश खड्का क्षेत्री, संगीता कोईराला, देवेन्द्र लामा, छिरिंग शेर्पालगायत चुनिएका छन् ।