रेवती ढुङ्गाना 'रफ्तार'
अधबैंसेहरू चोकमा बसेर चर्किचर्कि बकम्फुसे कुरा ओकलिरहेका थिए । एकाएक रेडियोमा समाचार बज्यो सरकार ढल्यो। अधबैंसेहरूको समूह विभाजित बन्यो पक्ष बिपक्षमा । तिनीहरू प्रहरीको आँखा छलेर त्यहाँ भेला भएका थिए किनकि कोरोना महामारीले त्यहाँ कडा लकडाउन थियो ।
अराजक राजनीतिक वातावरणमा उत्ताउलो बनेर चोकमा ढोङ फुक्ने ती मध्येका एक उग्र व्यक्ति थिए जंगे दादा । चर्को बात गर्दा गर्दै उनलाई एक्कासी शरीर असहज जस्तो महशुस भयो । मलाई के भो के भो भन्दै जंगे दादा चिच्याए । हतार–हतार अरुले एम्बुलेन्स बोलाएर हस्पिटल पठाए । शरीर पूरा चेकजाँच भयो । कोरोना भाईरसले सताएको प्रमाणित भयो ।
उनलाई त्यति बेलासम्म स्वास फेर्न असहज भई रहेको थियो । उता रेडियोमा समाचार बज्दै थियो, ‘बिचौलिया, डन, तस्करजस्ता सामाजिक रुपमा प्रतिष्ठित व्यक्ति समेटेर समाजवादी सरकार तत्काल पुनःर्गठन भयो । त्यतिबेलासम्म जंगे दादा अक्सिजनको सपोर्टको व्यघ्र प्रतिक्षामा छटपटाई रहेका थिए। उता सरकार गठन गर्न सांसदको हाहाकार हुँदा यता अक्सिजन सिलिन्डर खोसाखोस र हाहाकार चल्दै थियो । जंगे दादा टलपल आँखाबाट आँशु झार्दै यो दृश्य हेर्दै विगतका दिनमा चोकमा गरेका भीडभाडप्रति पश्चाताप गरिरहेको थियो । दुई पाउण्ड अक्सिजनको लागि हाहाकार भएको त्यो रमिता हेर्दै जंगे दादा छट्पटीदै छट्पटीदै सधैंको लागि यो लोकबाट अलप भयो । उता रेडियोमा सरकार गठन विघटनको चर्को बहस निरन्तर जारी थियो ।
कथा राम्रै हो तर राजनीति को गन्ध धेरै आयो ।।। माहान मेरा भारत त तहसनहस छ यो बबुरो मेरो देश।। प्रेम भाव छैन ।। नेपालीमा रस हुनु पर्ने मा शब्दमा निरस पाईयो ।।