विराटनगर । विराटनगर–१३ स्थित मलायरोडमा रहेको हिमाल आँखा अस्पतालले मोतियाविन्दुको शल्यक्रियामा ५० प्रतिशत उपचारमा छुटको दिने भएको छ ।
नयाँ वर्ष २०७८ र मुस्लिमहरुको महान पर्व रमाजान (ईद) को उपलक्ष्यमा अस्पतालले मोतियाविन्दुको शल्यक्रियाको लागी ५० प्रतिशत छुटको व्यवस्था मिलाएको अस्पतालले जनाएको छ ।
आँखाका विरामीहरुको लागी उपचारमा सरल, सहज र आर्थिक भार नहोस भन्ने उद्देश्यका साथ आगामी बैसाख मसान्तसम्म यो सेवा लागू हुने हिमाल आँखा अस्पतालका संचालक तेजलाल कर्णले जानकारी दिनुभयो ।
३ महिनाअघि संचालनमा आएको अस्पतालमा सम्पूर्ण आँखाको ओपीडी सेवासँगै औषधी र चस्माको समेत उचित प्रबन्ध रहेको अस्पतालले जनाएको छ ।