विराटनगर। विराटनगरस्थित सास्थम कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई एक दिनको अभिमुखिकरण तालिम दिएको छ । बीएचएम र बीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई सोमबार अभिमुखिकरण गराएको हो ।
बीएचएमको ७० र बीबीएसको ४० कोटा रहेको उक्त कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखकरण गराएको कलेज प्रशासन प्रमुख राजेश गुरूङ्गले जानकारी दिए । विद्यार्थीहरूलाई अभिमुखकरणमा प्रशिक्षक बिनय विष्णु केशी, कलेजका प्रमुख देवराज श्रेष्ठलगायतले गराए ।
उक्त अभिमुखीकरणको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री राजकुमार ओझाले गरे । कार्यक्रममा साउथ एसियन स्कूल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट प्रालिका अध्यक्ष रेवत बहादुर थापा, परीक्षा व्यवस्थापक कार्यालय विराटनगकरा सह परीक्षा नियन्त्रक अजय साह, प्राध्यापक डा. सन्देश दास श्रेष्ठ, सास्थमक कलेजका प्रबन्धक निर्देशक रोशन बहादुर थापालगायतको सहभागिता रहेको थियो ।

