लोड हुँदैछ...

मेनु

विराट गोल्डकप: पहिलो हाफमा पंजावको अग्रता

विराट गोल्डकप: पहिलो हाफमा पंजावको अग्रता

विराटनगर ।  विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा भारतको पंजाव पुलिसलले अग्रता कायम गरेको छ । सहिद स्मारक ए भिडिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई आज भइरहेको पहिलो हाफसम्म १ – ० गोलले पछि पार्दै भारतको पंजाबले अग्रता कायम गरेको हो
खेलको सुरू भएको ३९ औं मिनेटमा पंजावका राजवीर सिंहको गोलबाट अग्रता लिएको थियो । जगदिप सिंहले दिएको क्रस पासलाई राजवीरले वानटचमै गोल गरे । आक्रमक भएर मैदान उत्रिएको मछिन्द्रले पंजावलाई दबावमा राखेपनि पहिलो हाफमा गोल गर्न सकेनन् । मछिन्द्रले पाएको गोल गर्ने थुप्रै अवसर खेर गयो । खेलको २० औं मिनेटमा मछिन्द्रका उमेश राईले पेलेन्टी एरियादेखि प्रहार गरेको वान भर्सेस वानको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।