विराट गोल्ड कप : पहिलो हाफमा विराटनगरको अग्रता

विराटनगर ।  विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा  घरेलु टिम विराटनगर ११ ले अग्रता कायम गरेको छ ।
शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई पहिलो हापसम्ममा १–० गोलले विराटनगरले अग्रता कायम गरेको हो ।
एक पक्षिय खेल पस्किएको विराटनगरले खेलको २५ औं मिनेटमा सुनिल खड्काले गोल गरि टिमलाई अग्रता दिलाएका छन् । प्रकाश बुढाथोकीले निकालिएको क्रस पासलाई सुनिलले डिबक्स भित्रदेखि गरेको प्रहारले जाली चुम्दा भारतका गोलरक्षक निजम सिंह प्रतिक्रियाविहीन रहे । घरेलु दर्शकको साथ पाएको विराटनगरले खेलको पहिलो हाफमा गोल गर्ने थुप्रै सुन्दर अवसर खेर फाल्यो ।
खेलको पाँचैे मिनेटमै विराटनगरका प्रकाश बुढाथोकीको पासमा कप्ता दिपन राईले गोल गर्ने गतिलो अवसर गुमाए । दिपकले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो । यस्तै ९ औं मिनेटमा विराटनगरका सुनिल खड्काले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोस माथिदेखि बाहिरदा थप गोल गर्ने अवसर खेर गयो ।

शनिबार, २८ चैत, २०७७, रातीको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर