‘उपचार गरौं, छारेरोग भगाउँ’ भन्दै विराटनगरमा र्याली

विराटनगर । विश्व छारेरोग दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले वृहत र्याली निकालेको छ । हस्पिटल परिसरदेखि आज विहान र्याली निकालेको हो ।

हस्पिटलका स्वास्थ्यकर्मी,कर्मचारी र विद्यार्थीहरू सहितको उपस्थितमा निकालेको र्यालीले विराटनगर महानगरपालिका परिक्रम गरेको छ । र्यालीमा सहभागिहरूले सचेतनामुलक प्लेकाटहरू बोकेका थिए । उनीहरूले र्यालीमा ‘छारे रोग सरुवा रोग होइन्, यसको उपचार गरे ठिक हुन्छ, छारे रोग देवी देउता रिसाएर वा जंगली लागेर हुने होइन्, समयमै उपचार गरौं छारे रोगबाट मुक्त हौं, लगायतका प्लेकाट बोरेको ¥यालीमा सहभागि भएका थिए ।


¥याली पछि न्यूरो हस्पिटलले आयोजना गरेको कलेज स्तरीय निबन्ध प्रतियोगितामा बिजेता हुनेहरूलाई पुरस्कार वितरण गरेको छ । उक्त प्रतियोगिताको प्रथम विराटनगरस्थित मेरिल्याण्ड कलेजका आर्दश घतानी, द्धितीय आर्दश कलेजका स्वलोक कोइरला र तृतीय भानु कलेजका कृतिका झा भइन् । प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः पाँच, तीन र दुई हजार प्राप्त गरे ।

बिजेता हुनेहरूलाई न्यूरो अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रन्जन थापा, अपरेशनल डाइरेक्टर राजेश भट्टराई, कार्यकारी निर्देशक अनिषा विष्टले पुरस्कार वितरण गर्नुभएको थियो ।

सोही अवसरमा शुक्रबार अस्पताल आउने विरामीको पनि निःशुल्क स्वास्थ्य उपचार हुने अस्पतालले जनाएको छ । अस्पताल आएका विरामीहरूलाई छारेरोगको विषयमा स्वास्थ्य परामर्श र ल्याबमा विरामीलाई २५ प्रतिशत छुट दिइने भएको छ । अस्पतालले छारेगोरका विरामीको उपचार गरेकालाई एक महिनाको औषधी पनि निःशुल्क वितरण गरिने अस्पतालले जनाएको छ । अस्पतालले बिहीबार क्षारेरोग विषयमा सचेतना मुलक कार्यक्रम पनि आयोजना गरेको थियो ।

शुक्रबार, १३ चैत, २०७७, बिहानको ०९:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर