विराटनगर । कोराना संक्रमणका कारण बिहीबार झापमा एक महिलाको मृत्यु भएको छ ।
झापा जिल्ला स्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति जीवन चौलागाईंका अनुसार कन्काई नगरपालिका २ की ३९ वर्षीया महिलाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोनाको संक्रमण देखिएपछि चार दिन अघि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनी केही दिन अघि भारतबाट फर्किएकी थिइन् ।
कोरानाको कारण पछिल्लो समय मृत्यु भएको यो पहिलो घटना समेत हो । सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार तीन महिलासहित चार जना नयाँ कोरानाको संक्रमित भेटिएका छन् ।
विराटनगर महानगरपालिका दुई, धरान उपमहानगरपालिका एक र एक जना प्रदेश वाहिरका छन् ।