जोखिम बढ्दा सीमा खुकुलो

विराटनगर । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढिरहेको बेला नेपालमा सङ्क्रमण फैलिने उच्च बन्दा सीमा क्षेत्रमा भने कडाइ हुन सकेको छैन ।

केहि समय कोरोनाको संक्रमण नदेखिएको विराटनगरमा पछिल्लो दिन संक्रमित फेला पर्ने क्रम बढिरहेको बेला सीमा क्षेत्र खुकुलो देखिएको हो ।

कोरोना जोखिम बढेपछि सरकारले सीमामा लगाएको प्रतिबन्ध खुल्ला गरेको छैन । मोरङ प्रशासनले कोरोनाको जोखिम बढेको भन्दै नाकामा विशेष सतर्कता अपनाउने निर्णय गरेको छ । तर, कार्यान्वयन भने फितलो छ ।

मुल भन्सार नाकामा प्रहरीले कडाई गरेको भएपनि आसपासको क्षेत्रबाट हरेक दिन सयौं व्यक्तिले नेपाल–भारत ओहोरदोहोर गरिरहेका छन् । पछिल्लो दिनमा विराटनगरमा भेटिएका संक्रमितहरु भारत गएर आएकाहरु रहेको पुष्टि भएको छ । यो अवस्थामा सीमा खुकुलो हुँदा थप जोखिम देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

भारतसँग खुला सिमाना जोडिएको विराटनगरको मटिहर्वा र दरैयाबाट दिनहुँ सयौं मानिसको आवतजावत भइरहेको छ । भारतीय बजार जोगवनीमा किनमेल गर्न जानेको संख्या पनि उच्च छ । यसरी आवतजावत गर्ने कसैले पनि सतर्कता अपनाएको पाइँदैन । उनीहरूले मास्कको समेत प्रयोग गर्दैनन् ।

मुख्य नाकामा भने सामान्य ज्वरो जाँच हुने गरेको भएपनि आसपासको क्षेत्रमा कुनै सुरक्षा सतर्कता अपनाइएको छैन । जोगवनी नाकामा विराटनगर महानगरपालिकाले एकजना अनमी खटाएर ज्वरो जाँच गर्ने व्यवस्था गरेको छ । नाकामा नेपालीलाई नागरिकता हेरेर प्रवेश गर्न दिने गरेको सुरक्षाकमीृले बताएका छन् ।

भारत गएर फर्किएकालाई प्रशासनले कोरोना परीक्षणपछि मात्रै प्रवेश गर्न दिने भनेपनि व्वहारमा भने त्यो निर्णय कार्यान्वयन भएको छैन ।

बिहिबार, १२ चैत, २०७७, बिहानको १०:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर