प्रदेश १ मा १४ हजार बढी क्षयरोगी

विराटनगर । प्रदेश १ मा १४ हजार ३०८ क्षयरोगी रहेको पाइएको छ । प्रदेशमा ८१८ वटा क्षयरोग औषधि केन्द्र र ९६ जाँच केन्द्र रहेको सेभ द चिल्ड्रेन विराटनगरले जनाएको छ ।

प्रदेश १ का झापा, इलाम, मोरङ, उदयपुर र सुनसरीमा क्षयरोगी उच्च रहेको जनाएको छ । एक अध्ययनअनुसार देशभर सरदर दैनिक ४७ जना सो रोग कारण मृत्यु हुने गरेको छ ।

संस्थाका अधिकृत शैलेश भुजेलले गरिबी, पोषणयुक्त खानाको कमी, चेतनाको कमी, रोग लुकाउने बानीका कारण क्षयरोग कमी हुन नसकेको दाबी गर्नुभयो । एक जना क्षयरोगीले वर्षभरमा कम्तीमा १० जनालाई रोग सार्न सक्ने भन्दै ८० प्रतिशत फोक्सोको क्षयरोगी रहेको उहाँको भनाई छ ।

उपचार सहयोगीको निगरानीमा औषधि खानु अगावै ३३ प्रतिशत मात्र निको हुने दर थियो भने स्वाथ्यकर्मीको निगरानीमा क्षयारोगीले औषधि खाँदा ९० प्रतिशत निको हुने अवस्था देखिएको बताइएको छ ।

बिहिबार, १२ चैत, २०७७, बिहानको १०:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर