विराटनगर । मोरङको जहदा गाउँपालिका १ का चार जना जेष्ठ नागरिक बुधबार सम्मानित हुनुभएको छ । नेपाल यादव सेवा समिति मोरङले सम्मान कार्यक्रम आयोजना गरी जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
जहदा १ स्थित सत्सङ भवनमा आयोजना गरिएको कार्यक्रममा स्थानीय मोतिलाल यादव ,दयानद कवि, हरिनारायण यादव र बेचुलाल यादवलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । नेपाल यादव सेवा समितिका केन्द्रीय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि कपिलप्रसाद रोहिता यादवले उहाँहरुलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा जनता समाजवादी पार्टी प्रदेशसभा संसदीय दलका नेता जयराम यादवले जेष्ठ नागरिकहरुको सम्मानले समाजलाई समृद्ध बनाउने बताउनुभयो । उहाँले नयाँ पुस्ताले पुरानोबाट सिकेर समाजलाई समुन्नत बनाउदै लैजानु पर्ने बताउनुभयो । कार्यक्रममा जसपाका मोरङ अध्यक्ष राजकुमार यादव, महानगर पालिका वडा नम्बर १४ का वडाध्यक्ष बलदेव यादव, जहदा १ का वडाध्यक्ष प्रदीपचन्द यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल यादव सेवा समितिका जिल्ला अध्यक्ष महेशवर यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
यादव समाजले दाइजोप्रथा विरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएको छ । समाजलदे उसले दाइजो नलिई विवाह गर्ने जोडीलाई पनि सम्मान गर्ने कार्यक्रममा जानकारी गराइएको थियो ।
जिल्ला अध्यक्ष राजकुमार यादव महानगर पालिका वडा अध्यक्ष वलदेव यादव जहदा वडा १ अध्यक्ष प्रदिप चन्द यादव नेपाल यादव सेवा समितिका जिल्ला अध्यक्ष महेशवर यादव को सभापति सममापन भएको छ।

