विराटनगर । प्रदेश १ मा बुधबार एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ३२२ जनाको पीसीआर परीक्षण गर्दा ७ पुरुष र ६ महिलाको रिपोर्ट पाजेटिभ आएको हो ।
प्रदेशमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको थियो । तर, भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्या नेपालमा पनि बढ्न थालेको हो ।
प्रदेश १ मा हालसम्म २ लाख २८ हजार ८६२ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमा ३० हजार ३०७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये २९ हजार ७९७ जना डिस्चार्ज भएका छन् । अहिले ४४ जना आईसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा कोरोना संक्रमण देखिएका मध्ये ४६६ जनाको मृत्यु भएकोे छ । प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप २ लाख ९८ हजार ८५३ लाई लगाईएको मन्त्रालयले जनाएको छ ।