विराटनगरमा ‘अर्काे अर्थ नलागेमा’ मञ्चन हुने

विराटनगर । विराटनगरमा वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा’ मञ्चन हुने भएको छ ।

चैत्र १७ गतेदेखि २० गतेसम्म आरोहण–गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा साँझ ५ बजे नाटक मञ्चन हुने भएको हो । लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखलाई ‘अर्काे अर्थ नलागेमा’ नाटकमा रुपान्तरण गरी १० जना निर्देशकले निर्देशन गरेका छन् । यसअघि काठमाडौंमा २० दिन मञ्चन भएको उक्त नाटक विराटनगरमा मञ्चन गर्न लागिएको आरोहण गुरुकुलले जनाएको छ ।

नाटकमा नाटक कक्षा सञ्चालन हुने विद्यालय ज्ञ का १० जना विद्यार्थीहरुले निर्देशन गरेका छन् । नाटकमा ज्ञ कै ३७ जना विद्यार्थीहरुले अभिनय गरेका छन् । वस्तीले हरेक शनिबार कान्तिपुर दैनिकमा ‘अर्काे अर्थ नलागेमा’ शीर्षकमा लेख्दै आइरहेको स्तम्भमध्ये करिब एक दर्जन स्तम्भ जोडेर नाटक तयार गरिएको छ ।

नाटकमा भने देशको वर्तमान सामाजिक तथा राजनीतिक घटनाक्रमलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरिएको छ ।

आइतबार, ०८ चैत, २०७७, साँझको ०६:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर