राजवंशी समुदायको जातीय संस्कृति सुचिकृत गर्न माग

विराटनगर । विराट राजवंशी समाज उत्थान समितिले मोटरसाईकल र्‍याली निकाल्दै आफ्नो जातीय पहिचान सुचिकृत गर्न माग गरेको छ ।

समितिले शनिबार विराटनगरमा मोटरसाईकल र्‍याली निकाल्दै आफ्नो सांस्कृतिक मुल्य र मान्यता तथा जातीय पहिचान संरक्षणको माग गरेको हो । शनिबार विराटनगरको राजवंशी चोकबाट मुन्ना राजवंशीको नेतृत्वमा निकालिएको मोटरसाईकल र्‍याली नगरक्षेत्रको परिक्रमापछि जिल्ला प्रशासन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्नुहुँदै विराट राजवंशी उत्थान समितिका अध्यक्ष कुशेश्वर राजवंशीले आफुहरुले लामो समयदेखी विराट राजवंशी समुदायको पहिचान सूचीकृत गर्न माग गर्दै आएपनि राज्यको ध्यानाकर्षण नभएको बताउनुभयो । उहाँले समुदायले उठाएका मागलाई सरकारले सम्बोधन नगरे विराट राजवंशीहरु कडा संघर्षमा होमिन बाध्य हुने चेतावनी दिनुभयो ।

समितिले भने आउँदो फागुन ६ गते विराटनगरमा बृहत जनसभाको आयोजना गर्ने तयारी गरेको जनाएको छ ।

आइतबार, ०२ फागुन, २०७७, साँझको ०६:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर