वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो लुगा

विराटनगर । विराटनगर–११ पिछरास्थित अरुणोदय आधारभुत विद्यालयमा गरिब तथा विपन्न वर्गका वृद्धवृद्धा र असहायलाई न्यानो कम्बल वितरण गरिएको छ ।

सामाजिक अभियन्ता तथा महिला नेतृ बिमला अर्यालको नेतृत्वमा शनिबार कम्बल वितरण गरिएको हो । केही दिनयता देशैभरि बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै कम्बल वितरण अर्यालले बताउनुभयो । यस्तै आईतबार पनि अर्यालले विराटनगर–१४ जतुवास्थित गुरुकुल मा.वि का विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गर्नुभएको छ ।

समाजसेवाका साथसाथै राजनीति पनि सक्रिय अर्याल भने समाजवादी महिला संघको प्रदेश कमिटी सचिव समेत हुनुहुन्छ ।

सोमबार, १९ माघ, २०७७, बिहानको ११:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर