विराटनगर । नेपाली किशोरीलाई बाल यौनदुव्र्यहार गरेको आरोप एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीले भारतको फारबिजगन्जका ३९ वर्षीय प्रभास देवलाई इलाम घर भइ विराटनगर बस्दै आएकी १७ वर्षीय किशोरीलाई बाल यौन दुव्र्यहार गरेको आरोपमा पक्राउ गरेको हो ।
ती किशोरी एक वर्ष अगाडिदेखि फारबिजगन्जमा देवको घरमा घरेलु कामदारको रूपमा काम गर्दै आएका थिए । किशोरीका आमा विरामी भएपछि महिना दिन अगाडि विराटनगरमा डेरा गरि बस्ने आमालाई भेटन आएकी थिइन् । आमालाई क्यान्सर भएपछि उपचारको लागि भारतपुर क्यान्सर अस्पतालमा लगेर उपचार गर्दै आएका थिए ।
गत बिहीबार देव किशोरीलाई लिन विराटनगर आएका थिए । ‘आमालाई उपचार गर्ने खर्च २ लाख रुपैयाँ दिने सर्तमा भारत लैजान खोजेको पाइयो,’ इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख इनिस्पेक्टर दिपक थापाले भन्नुभयो, ‘भारत लैजाने क्रममा विराटनगर १६ दक्षिण गेटदेखि पक्राउ गरेको हो । आर्थिक प्रलोभन देखाएर यौन शोषण गर्न भारत लैजान खोज्ने देवलाई प्रहरी र साना हात नामक संस्थाले पक्राउ गरेको हो ।’
पक्राउ परेका देबले यसअघि फारबिजगन्जमा घरेलु कामदारको रुपमा राख्दा यौन दुव्र्यहार गरेको आरोप छ । ‘देवको श्रीमति गर्भवती भएपछि ती किशोरीलाई यौन दुव्र्यहार गरेको पीडित किशोरीले भनेकी छन्, ‘मालिक्नी (देवको श्रीमति) गर्भवती भएपछि जवरजस्ती रुपमा मेरो सम्बेदनशिल अंगमा छुने र चलाइदिने गरेका थिए । मैले प्रतिकार गर्ने गरेका थिएँ,’ पीडित किोशरीले दिएको जाहेरीमा उल्लेख छ ।’
पक्राउ परेका देवलाई शुक्रबार बाल यौन दुव्र्यहार मुद्दामा म्याद थप गरि इलाका प्रहरी कार्यालय रानी विराटनगरले अहिले अनुसन्धान गर्दै आएको थापाले जानकारी दिनुयभो ।