शान्ति समाजको सभापतिमा पोखरेल

विराटनगर । मानवअधिकार तथा शान्ति समाज मोरङको सभापतिमा भेषराज पोखरेल चयन हुनु भएको छ ।

विराटनगरमा शनिबार भएको समाजको साधारणसभाले पोखरेलको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपसभापतिमा धन थापा कार्की, सचिवमा अशोक लामा, सहसचिवमा सीताराम चौलागाईं र कोषाध्यक्षमा डा.जीवन ढकाल चुनिएको समाजले जनाएको छ । साधारणसभाले मीनकुमार नवोदित, सावित्री पराजुली, लीलानाथ सुवेदी, पुनमकुमार गुप्ता, अर्जुन थापा, मदन भट्टराई, सुची चौधरी, उर्मिला थापा, गुढ्डी केहकशा कौशर, किशोरकुमार माझी, मनोहरकुमार कोइराला, मीनाकुमारी भट्टराई, ओम प्रसाईं र विनोद रजकलाई सदस्यमा चयन गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले उद्घाटन गरेको साधारणसभामा मानवअधिकारवादी नेता कृष्ण पहाडी, नेकपाका केन्द्रीय सदस्य जीवन घिमिरे, जनता समाजवादी पार्टीका सांसद जयराम यादवलगायतले शुभकामना दिनुभएको थियो ।

 

शनिबार, ०३ माघ, २०७७, साँझको ०६:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर